कांग्रेसका उम्मेदवारलाई ५ मतले हराउँदै दनपा ४ मा एमालेका भट्ट विजयी

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ मा नेकपा एमालेका भानदेव भट्ट विजयी भएका छन् । उनले ७३२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनबहादुर चन्दले ७२७ मत प्राप्त गरे । भट्टले ५ मतले जित हात पारेका हुन् ।
गएको स्थानीय तहको निर्वाचनमा चन्दले वडा अध्यक्षमा जित हात पारेका थिए भने यो पाली पराजित भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ २०:३७
प्रतिक्रिया दिनुहोस्