
बैतडी –बैतडीको पाटन नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार विजयी भएका छन् । पाटन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गौरिसिंह रावल विजयी भएका छन् । रावल एमालेका नारायणसिंह भण्डारीलाइ पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । रावलले ६ हजार ८६९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी भण्डारीले ५ हजार २९० मत ल्याए ।
यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका कमलसिंह बोहरा (अपि) विजयी भएका छन् । उनी एमालेकी हरु भट्टलाई पराजित गर्दै उपमेयरमा विजयी भएका हुन् । उनले ५हजार ७५१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी भट्टले ५ हजार ४२७ मत ल्याइन् ।
यस्तै वडाहरुमा भने एमाले अगाडी देखिएको छ । एमालेले पाटनका ४ वडा जितेको छ भने काँग्रेसले ३ वडामा जितेको छ । यस्तै माओवादीले ३ वडा जितेको छ ।
पाटन नगरपालिका वडा नं १ मा माओवादीका तर्कसिंह ठगुन्ना विजयी भएका छन् । यस्तै वडा नं २ मा नेकपा एमालेका महेशप्रसाद पन्त, वडा नं ३ मा एमालेका करुणाकर भट्ट, वडा नं ४ मा एमालेका दिपकसिंह विष्ट , वडा नं ५ मा कांग्रेसका फुनीसिंह बोहरा विजयी भएका हुन् ।
यस्तै वडा नं ६ मा काँग्रेसका राजेन्द्रसिंह विष्ट, वडा नं ७ मा एमालेका ललित बहादुर चन्द , वडा नं ८ मा नेकपा माओवादी केन्द्रका हरिश विष्ट, वडा नं ९ मा नेकपा माओवादी केन्द्रका कालुसिंह भाट र वडा नं १० नेपाली काँग्रेसका धन बहादुर कुवर विजयी भएका छन् ।
पाटन नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर चुनाव लडेका हुन् भने एमाले एक्लै चुनाव लडेको हो । यो प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सुदूरपश्चि प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीको गृह पालिको पनि हो ।