एमालेका नगरकमिटि अध्यक्ष वडामै पछारिए, पाटन ५ मा काँग्रेसका बोहरा दोहोरिए

बैतडी– बैतडीको पाटन नगरपालिका वडा नं ५मा नेपाली काँग्रेसका बोहरा दोहोरिएका छन् । एमालेका पाटन नगरकमिटि अध्यक्ष ललितिसिंह ठगुन्नालाइ पराजित गर्दै काँग्रेसका फुनिसिंह बोहरा प्यानल सहित वडामा निर्वाचित भएका हुन् । उनी ४०२ मत ल्याएर वडामा विजयी भएका हुन् ।
उनका प्रतिस्प्रर्धी एमालेका ठगुन्नाले भने ३ सय ४५ मत ल्याएका छन् । ७४ सालको निर्वाचनमा एक्लै वडामा निर्वाचित भएका काँग्रेसका बोहरा अहिले भने प्यानसहित विजयी भएका हुन् ।
यस्तै वडा सदस्यमा काँग्रेसकै नवराज पाण्डे, गणेश ठगुन्ना, पार्वती चन्द र पार्वती दमाई निर्वाचित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ०६:३०
प्रतिक्रिया दिनुहोस्