Sagun Khabar
बैतडीको दोगडाकेदार ३ मा एमालेका कमल, ६ मा गोपाल विजयी

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ र ६ मा नेकपा एमाले  विजयी भएको छ । काँग्रेसका उम्म्मेदवारलाइ  पारजित गर्दै यो  यीवडाहरुमा एमाले  विजयी भएको  हो ।

वडा नं ३ मा नेकपा एमालेका कमल भुल विजयी  भएका छन् । उनी ६ सय ३३ मत ल्याएर वडामा विजयी भएका हुन् । उनका प्रतिस्प्रर्धी  काँग्रेसका  भानदेव  भट्टले  भने ५ सय ४५ मत ल्याए। यस्तै वडा नं  ६ मा पनि एमालेका गोपाल कार्की ७सय ८ मत ल्याएर वडामा  विजयी भएका छ्न।

कांग्रेसका चन्द्रसिंह कार्कीलाई पराजित गर्दै उनी  वडामा निर्वाचित भएका हुन् । काग्रेसका उम्मेदवार कार्कीले ६४८ मत ल्याएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update