Sagun Khabar
पुर्चौंडी ३ मा एमालेका बोहरा र ७ मा कांग्रेसका बम विजयी 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ३ मा नेकपा एमालेका खगेन्द्र बोहरा विजयी भएका छन् । ६०५ मत ल्याएर उनी वडा अध्यक्ष विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दलबहादुर धामीले ५५६ मत ल्याए । 

गएको स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रबाट विजयी भएका थिए । नगर प्रवक्ता समेत रहेका धामी यो निर्वाचनमा भने पराजित भएका छन् । 

यस्तै पुर्चौंडी नगरपालिका वडा नं ७ मा कांग्रेसका धिरेन्द्र बम विजयी भएका हुन् । ५३७ मत ल्याएर प्यानल सहित उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उज्जवलसिंह साउँदले ३५० मत प्राप्त गरे । गएको स्थानीय तहको निर्वाचनमा पनि वडा नं ७ मा कांग्रेसले नै जित हात पारेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update