Sagun Khabar
बैतडीको पुर्चौंडीमा कांग्रेसको अग्रता कायमै 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । अहिले सम्म प्राप्त मत परिणाम अनुसार सो नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । मेयर पदमा नेपाली कांग्रेसका दीपकबहादुर बमले ३ हजार ८८६ मतका साथ अग्रता लिईरहेका छन् भने उनलाई एमालेका कर्णबहादुर कुँवरले २ हजार ३७४ मतका साथ पछ्याईरहेका छन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विक्रम कुँवर (प्रतीक)ले २ हजार ३०४ मत ल्याएका छन् । 

यस्तै उपमेयर पदमा पनि नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । नेपाली कांग्रेसका मीना धानुकले ३ हजार ४१८ मतका साथ अग्रता लिईरहेकी छिन् भने उनलाई एमालेकी जानकी साउँदले २ हजार ७७३ मतले पछ्याईरहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रकी नन्दा शाहले २ हजार ३४८ मत ल्याएकी छिन् । 

पुर्चौंडी नगरपालिकाका ७ ओटा वडाको मतगणना सम्पन्न भएको छ भने तीनओटा वडाको मतगणना गर्न बाँकी रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update