Sagun Khabar
सत्तागठबन्धनलाई पछार्दै दोगडाकेदारमा एमालेका चक्र र पार्वती दोहोरिए  

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष पदमा एमालेका चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की विजयी भएका छन् । नेपाली कांग्रेसका देवराज जोशीलाई पछि पार्दै कार्की विजयी भएका हुन् । कार्कीले ४ हजार ९१७ मत ल्याए भने उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जोशीले ४ हजार ९१ मत ल्याए । 

यस्तै उपाध्यक्ष पदमा एमालेकै पार्वती ऐरी कार्की विजयी भएकी छिन् । उनले माओवादी केन्द्रका  नवराज भट्ट (कुसुम) लाई पराजित गरेकी हुन् । कार्कीले ४ हजार ७८४ मत ल्याइन् भने भट्टले ३ हजार ६४१ मत ल्याए । 

दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको हो । गएको स्थानीय तहको निर्वाचनमा पनि सो पालिकामा एमालेले नै जित निकालेको थियो । अध्यक्षमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की पुनः दोहोरिएका हुन् । 

गाउँपालिकाका ८ वडा मध्ये ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ८ मा नेपाली कांग्रेस र वडा नं २ मा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन् । अन्य वडाहरुमा एमालेले जित हासिल गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update