Sagun Khabar
डडेल्धुराको परशुराममा २८ बर्षीय युवा मेयरमा निर्वाचित 

डडेल्धुरा –डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन् ।  उनी ५ हजार ९४१ मतका साथ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंह  माल (डायमण्ड)ले ५ हजार ८०५ मत ल्याए भने एमालेका केशव बोहराले २ हजार ६०६ मत प्राप्त गरे । 

उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन् । उनले ५हजार ८८५ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत ल्याइन् । एमालेकी गोमती पन्तले ३ हजार २९६ मत पाइन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update