पुर्चौंडीमा माओवादीले एक वडा मात्रै जित्यो, ५ नम्बरमा खडायत ७ मतले विजयी

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाका १० वडा मध्ये माओवादी केन्द्रले एक वडामा मात्रै जित हात पारेको छ । पुर्चौंडी नगरपालिका वडा नं ५ मा माओवादी केन्द्रका नागीसिंह खडायत कांग्रेसका कर्णबहादुर बोहरालाई पराजित गर्दैै प्यानल सहित विजयी भएका हुन् ।
उनी कांग्रेसका बोहरालाई ७ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । खडायतले ८१६ मत प्राप्त गरे भने बोहराले ८०९ मत प्राप्त गरे ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १३:०८
प्रतिक्रिया दिनुहोस्