बैतडीको पाटनमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान

बैतडी –बैतडीको पाटन नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले बताए ।
नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र प्रदान गरिएको उनले बताए । १० वडा रहेको नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ५२ जना निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १७:३०
प्रतिक्रिया दिनुहोस्