
बैतडी –बैतडीका १० ओटै स्थानीय तह र ८४ ओटै वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार एमालेले सबैभन्दा बढी ३५ वडामा जित निकालेको छ भने नेपाली कांग्रेसले ३३ वडामा जित हात पारेको छ । यस्तै नेकपा माओवादी केन्द्रले १२ वडा, स्वतन्त्रका उम्मेदवार ३ वडा र राप्रपाले एक वडामा जित हात पारेको छ ।
दशरथचन्द नगरपालिकाका ११ वडा मध्ये एमालेले ७ वडामा जित निकालेको छ भने नेपाली कांग्रेसले ४ वडामा जित निकालेको छ । यस्तै पाटन नगरपालिकाका १० वडा मध्ये नेपाली कांग्रेसले ३ वडा, माओवादी केन्द्रले ३ वडा र नेकपा एमालेले ४ वडामा जित हात पारेको छ ।
यसैगरी मेलौली नगरपालिकाका ९ वडा मध्ये नेपाली कांग्रेसले ४ वडा, नेकपा माओवादी केन्द्रले ३ वडा र नेकपा एमालेले २ वडामा जित हात पारेको छ । पुर्चौंडी नगरपालिकाका १० वडा मध्ये नेपाली कांग्रेसले ५ वडा, नेकपा एमालेले ४ वडा र माओवादी केन्द्रले एक वडामा जित हात पारेको छ ।
यसैगरी डिलाशैनी गाउँपालिकाका ७ वडा मध्ये नेपाली कांग्रेसले २ वडा, नेकपा एमालेले २ वडा र स्वतन्त्रले ३ वडामा जित हात पारेको छ । यस्तै दोगडाकेदार गाउँपालिकाका ८ वडा मध्ये नेकपा एमालेले ६ वडा, नेपाली कांग्रेस र माओवादी केन्द्रले एक ÷एक वडामा जित हात पारेका छन् ।
सुर्नया गाउँपालिकाका ८ वडा मध्ये नेपाली कांग्रेसले ४ वडा, नेकपा एमालेले २ वडा, नेकपा माओवादी केन्द्र र राप्रपाले एक÷एक वडामा जित हासिल गरेका छन् । सिगास गाउँपालिकाका ९ वडा मध्ये नेपाली कांग्रेसले ५ वडा र नेकपा एमालेले ४ वडामा जित हात पारेको छ ।
यसैगरी शिवनाथ गाउँपालिकाका ६ वडा मध्ये नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्रले एक वडामा जित हात पारेको छ । यसैगरी पञ्चेश्वर गाउँपालिकाका ६ वडा मध्ये नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले २ र नेपाली कांग्रेसले एक वडामा जित हात पारेको छ ।