Sagun Khabar
बैतडीमा नेकपा एकीकृत समाजवादी शून्य 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहमा निर्वाचनमा बैतडीका १० पालिका र ८४ वडामा एकीकृत समाजवादीले एक सिट पनि ल्याउन सकेन । पालिका अध्यक्ष र वडा अध्यक्ष गरी ३७ ठाउँमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको नतिजा शून्य आएको हो । 

जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको समाजवादीले ति तिनै ठाउँमा पराजय व्यहोरेको छ । जिल्लाको सुर्नया गाउँपालिकामा भने २६ भोटले मात्रै एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा पदमा पराजित भएका । 

अन्य ठाउँमा भने निकै मतान्तरले समाजवादीका उम्मेदवारहरु पराजित भएका छन् । स्थानीय तहको निर्वाचनमा पराजय भोगेपछि समाजवादीले चुनावी समीक्षा समेत गरेको छ । जिल्ला सदरमुकाममा बसेको बैठकले विभिन्न कारणले चुनाव हारेको ठहर गरेको छ । एकीकृत समाजवादीको आफ्नै संगठन कमजोर हुनु, गठबन्धन भने अनुसार नहुनु लगायतका कारण चुनावमा पराजय व्यहोरोको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए । उनले भने ‘नयाँ पार्टी भएका कारण संगठन पनि कमजोर भयो । गठबन्धनमा समेत धोका भएको छ ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update