Sagun Khabar
बैतडीका पालिका प्रमुखहरुले भोलि शपथ लिने 

बैतडी –बैतडीमा नवनिर्वाचित पालिका प्रमुखहरुले भोलि पद तथा गोपियनियताको शपथ लिने भएका छन् । भोलि दिउँसो १ बजे दशरथचन्द नगरपालिकाको हलमा १० ओटै स्थानीय तहका प्रमुखहरुले जिल्ला न्यायधिश तिलकबहादुर कार्कीबाट शपथ लिने कार्यक्रम रहेको छ । 

पालिका प्रमुखहरुले निर्वाचित भएको सात दिन भित्र सम्बन्धित जिल्लाका न्यायधिशबाट पद तथा गोपिनियताको शपथ लिने कानुनी व्यवस्था रहेको छ । यस्तै पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सभाका सदस्यहरुले सम्बन्धित पालिकाका प्रमुखसंग शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । 

बैतडीका १० ओटा स्थानीय तह मध्ये नेपाली कांग्रेस र एमालेले समान ४÷४ तथा नेकपा माओवादी केन्द्र र स्वतन्त्रले एक÷एक स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन् । 

Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिकाको प्रमुखमा एमालेका पुष्करराज जोशी (लख्खाभाइ), पाटन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गौरीसिंह रावल, मेलौली नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) र पुर्चौंडी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका दीपकबहादुर बम विजयी भएका छन् । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा एमालेका चक्रबहादुर कार्की, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउँद, सिगास गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी र डिलाशैनी गाउँपालिकामा स्वतन्त्रका सन्तोषप्रकाश जोशी विजयी भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update