Sagun Khabar
बैतडीको सुर्नयामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाण–पत्र प्रदान 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण–पत्र प्रदान गरिएको निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए । 

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको जोशीले बताए । सुर्नया गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरेर स्थानीय तहको निर्वाचनबाट ४२ जना जनप्रतिनिधि चुनिएका छन् । 

गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु बोहरा विजयी भएका छन् । यस्तै आठ वडा रहेको सुर्नयामा ४ वडा नेपाली कांग्रेस, २ वडामा एमाले, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update