Sagun Khabar
बैतडीको पुर्चौंडीमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण–पत्र प्रदान 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । बुधबार अन्तिम मत परिणाम आएसंगै जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जनाएको छ । 

नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सभाषदहरुलाई प्रमाण पत्र प्रदान गरिएको बताइएको छ । पुर्चौंडी नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु गरेर ५२ जना निर्वाचित भएका छन् । 

नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका दीपकबहादुर बम, उपप्रमुखमा नेपाली कांग्रेसका मीना धानुक विजयी भएका छन् । यस्तै १० वडा मध्ये पुर्चौंडीका ५ वडामा नेपाली कांग्रेस, ४ वडामा नेकपा एमाले र एक वडामा माओवादी केन्द्रले जित हात पारेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update