Sagun Khabar
बैतडी दोगडाकेदारका अध्यक्ष र उपाध्यक्षले गरे पदभार ग्रहण 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष चक्रबहादुर कार्की र उपाध्यक्ष पार्वती कार्कीले पदभार ग्रहण गरेका छन् । 

शुक्रबार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । गएको ५ बर्षमा आफूहरुले दोगडाकेदारमा राम्रो काम गरेकै कारण नागरिकहरुले दोश्रो पटक पनि चुनेकाले आम नागरिककैबीचमा रहेर काम गर्ने उनले बताइन् । 

पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले पहिलो कार्यकालमा अधुरा रहेका कामहरुलाई पूर्णता दिने कुरामा प्राथमिकतामा राख्ने बताए । उनले भने ‘पहिलो कार्यकालमा शुरुवात गरेका केही कामहरुलाई पूर्णता दिन बाँकी रहेको छ ,ती कामहरुलाई पूर्णता दिने तयारी गर्छौं ।’

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दोगडाकेदार गाउँपालिकामा चक्रबहादुर कार्की अध्यक्ष र पार्वती ऐरी कार्की उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update