Sagun Khabar
तलबबाट छात्रवृति प्रदान गर्ने पाटन ८ का वडा अध्यक्ष बिष्टको घोषणा

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष हरिश बिष्टले आफ्नो पहिलो तलबले छात्रवृति प्रदान गर्ने बताएका छन् । आज वडा कार्यालयमा पदभार ग्रहण गर्दै वडा अध्यक्ष बिष्टले पहिलो तलबले वडाभित्र रहेका विद्यालयमा अध्ययनरत गरिब, दलित, जनजाती, आदीवासी, असहाय र अनाथ विद्यार्थीहरुलाई छात्रवृति दिने बताए । 

छात्रवृति प्रदान गर्ने कार्यक्रमलाई प्रत्येक बर्ष निरन्तरता दिने पनि वडा अध्यक्ष बिष्टले बताए । प्रत्येक बर्ष एक महिनाको तलब छात्रवृतिमा खर्च गर्ने उनले बताए । 

यस्तै वडा कार्यालयको भवन निर्माणका लागि पहल गर्ने निर्णय समेत भएको वडा अध्यक्ष बिष्टले बताए । वडामा निर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले वडा भवन निर्माण गर्ने निर्णय समेत गरेको वडा अध्यक्ष बिष्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update