
बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार दशरथचन्द नगरपालिकामा आयोजना गरिएको शपथ ग्रहण समारोहमा उनीहरुले शपथ लिएका हुन् ।
नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा बोल्दै दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)ले सबैको मन जितेर काम गर्न वडा अध्यक्ष तथा सदस्यहरुलाई निर्देशन दिए ।
चुनावमा विजय भएकासंग मात्रै नभएर पराजय भएकाहरुसंग समेत नजिक रहेका उनले काम गर्न आग्रह गरेका छन् । पराजितहरु उपविजेता भएकाले उनीहरुको सरसल्लाह अनुसार आफ्नो वडाको काम अघि बढाउन मेयर जोशीले आग्रह गरे ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयरमा कौशिला चन्द निर्वाचित भएका छन् । यस्तै ११ वडा मध्ये ७ वडामा एमाले र ४ वडामा कांग्रेस विजयी भएको छ ।