Sagun Khabar
बैतडीको डिलाशैनीका जनप्रतिनिधिहरुद्वारा शपथ ग्रहण 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । डिलाशैनी गाउँपालिकाको केन्द्र धामी गाउँमा आयोजित शपथ ग्रहण समारोहमा अध्यक्ष सन्तोषप्रकाश जोशीले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । 

आफूले पदभार ग्रहण गरेपछि अध्यक्ष जोशीले अन्य जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् । डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा जोशी स्वतन्त्रबाट निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update