बैतडीको सिगासका जनप्रतिनिधिहरुले लिए शपथ

बैतडी –बैतडीको सिगास गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले नवनिर्वाचित अन्य जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् । सिगास गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १५:४६
प्रतिक्रिया दिनुहोस्