Sagun Khabar
बैतडीको सुर्नयाका जनप्रतिनिधिहरुले लिए शपथ 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार सुर्नया गाउँपालिकाको केन्द्रमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । 

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । पालिका अध्यक्षले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनुपर्ने कानुनी व्यवस्था अनुसार नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएका हुन् । 

शपथ ग्रहण समारोहमा सुर्नयाका निर्वाचन अधिकृत सिद्धराज जोशी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्ट लगायतको सहभागिता थियो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट सुर्नयामा अध्यक्ष, उपाध्यक्ष सहित ४२ जना जनप्रतिनिधि चयन भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update