बैतडीको पुर्चौंडीका जनप्रतिनिधिहरुद्वारा शपथ ग्रहण

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नगर उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका बताइएको छ ।
नगर प्रमुख दीपकबहादुर बमले नवनिर्वाचित उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई आइतबार एक कार्यक्रमकाबीच शपथ ग्रहण गराए । शपथ ग्रहणपछि उनले पुर्चौंडीको समग्र विकासका लागि लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् ।
संविधान र कानुनले दिएको जिम्मेवारी सहित वडादेखि नै सुशसान कायम गर्नुपर्नेमा जोड दिँदै नगर प्रमुख बमले नागरिकलाई अनुभूती हुने गरेर काम गर्न आग्रह गरे ।
यही वैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट पुर्चौंडीमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित ५२ जना निर्वाचित भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ ०६:४७
प्रतिक्रिया दिनुहोस्