Sagun Khabar
डिलाशैनी गाउँपालिकाको अस्थाई केन्द्र हटाइयो , स्थायी केन्द्र धामीगाउँबाट कामकाज सुचारु 

बैतडीको डिलाशैनी गाउँपालिकाको स्थायी केन्द्र धामीगाउँबाट सेवा दिने निर्णय गर्दै आज देखि काम सुरू भएको जनाएको छ । पाँच बर्ष देखि पंशेरामा सञ्चालनमा रहेको अस्थाई केन्द्र आज सोमबार देखि बन्द गर्ने निर्णय गरिएको नव निर्वाचित वडा नं ५ का अध्यक्ष यज्ञ भट्टले बताएका छन ।

डिलाशैनी गाउपालिका अध्यक्षको पदभार ग्रहण गर्दै सन्तोष जोशीले आज सोमबार विभिन्न निर्णय गरेका छन । सहिद परिवारलाई परिचयपत्र सहित मासिक ३ हजार सम्मान भत्ता दिने , भारत जाने मजदुरहरूको लागि निशुल्क पाँच लाखको बिमा गर्ने , जनआन्दोलनका घाइतेको निशुल्क उपचार गर्ने निर्णय लगायत २१ ओटा घोषणा आदेश जारी गर्दै बैठक सम्पन्न भएको जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update