Sagun Khabar
बैतडीको मेलौलीका मेयर र उपमेयरले पदभार ग्रहण गरे 

बैतडी –बैतडीको मेलौली नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भीमबहादुर चन्द (भुकम्प) र उपप्रमुख पार्वती बोहरा बिष्टले पदभार ग्रहण गरेका छन् । नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण कार्यक्रममा मेलौली नगरपालिकाका निवर्तमान प्रमुख कृष्णसिंह नायक, उपप्रमुख राधा ओझा लगायतको सहभागिता रहेको थियो । 

यस्तै मेलौली नगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नगर प्रमुख भीमबहादुर चन्दले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । 

पालिकाका उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई सम्बन्धित पालिका प्रमुखले शपथ ग्रहण गराउने कानुनी व्यवस्था रहेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट मेलौली नगरपालिकामा ४७ जना जनप्रतिनिधि चुनिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update