Sagun Khabar
बैतडीको पञ्चेश्वरमा जनप्रतिनिधिहरुले गरे पदभार ग्रहण 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले पदभार ग्रहण गरेका छन् । सोमबार शपथ लिएसंगै जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् । 

गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द , उपाध्यक्ष बीना भट्ट र वडा अध्यक्षहरुले पदभार ग्रहण गरेका पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । 

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पञ्चेश्वर गाउँपालिकामा अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट पुनः निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update