Sagun Khabar
बैतडीको पाटन नगरपालिकाले ‘हेल्प डेस्क’ सञ्चालन गर्ने 

बैतडी –बैतडीको पाटन नगरपालिकाले नगरपालिभित्रै नागरिक सहायता कक्षा अर्थात हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । नवनिर्वाचित मेयर गौरीसिंह रावल र उपमेयर कमलसिंह बोहराको उपस्थितीमा बसेका कर्मचारी सहितको बैठकले हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको हो । 

सेवा लिनका लागि नगरपालिकामा पुगेका नागरिकलाई अलमल नहोस भनेर हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । उनले भने ‘नगरपालिकामा पुगेका नागरिकलाई सेवा लिन झण्झट नहोस भनेर डेस्क सञ्चालन गर्ने निर्णय गरेका हौं । यसले नगरबासीलाई सहज हुने विश्वास लिएका छौं ।’

हेल्प डेस्कमा दुईजना कर्मचारी खटाएर व्यवस्थित गरिने उपप्रमुख बोहराले बताए । नगरपालिकामा पुगेका नागरिकले सहज तरीकाले सेवा पाउन भन्ने उद्देश्य रहेको समेत उनले बताए । यस्तै सुशासन कायम गर्नका लागि सबैले सजग हुनुपर्नेमा जोड दिइएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update