Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा शुक्रबार सेटेलाइट क्लिनिक, सर्जनले सेवा दिने  

बैतडी –जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञ चिकित्सकले सेवा दिने भएका छन् । यही जेठ १३ गते शुक्रबारका दिन डडेल्धुरा अस्पतालको आयोजनामा जिल्ला अस्पतालमा सेटेलाइट क्लिनिक सञ्चालन हुने अस्पताल व्यवस्थापक सुमन महराले बताए । 

हरेक हप्ताको शुक्रबार जिल्ला अस्पतालमा सेटेलाइट क्लिनिक सञ्चालन हुँदै आएको र आउँदो शुक्रबार बरिष्ठ सर्जन डा.पवन सापकोटाले सेवा दिने महराले बताए । सेटेलाइट क्लिनिकको जनरल सर्जरी लगायतका उपचार सेवा प्रदान गरिने महराले बताए । 

स–साना अप्रेशन र अन्य सर्जरी सम्बन्धि सेवा लिन चाहने नागरिकले जिल्ला अस्पतालमा पुगेर सेवा लिन सकिने अस्पताल व्यवस्थापक महराको भनाई छ । 

जिल्ला तहमै नागरिकले बिशेषज्ञ सेवा पाउन भनेर डडेल्धुरा अस्पतालले सेटेलाइट क्लिनिक सञ्चालनमा ल्याएको महराले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update