Sagun Khabar
बैतडीको शिवनाथमा कार्यपालिकाले पूर्णता पायो, कांग्रेसको बहुमत 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा कार्यपालिकाले पुर्णता पाएको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचन पछि कार्यपालिकामा ४ जना महिला सदस्य र २ जना दलित वा अल्पसंख्यक सदस्य राख्नुपर्नेमा सो कार्य सम्पन्न भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

महिला सदस्यमा भने निर्वाचित सदस्यबाटै कार्यपालिकामा राख्नुपर्ने प्रावधान रही आएको छ । चार जना महिला सदस्य नेपाली कांग्रेसका निर्विरोध चयन भएका छन् । २ जना दलित तथा अल्पसंख्यक सदस्य राख्नुपर्नेमा ३ जनाको उम्मेदवारी परेको र ती मध्ये २ जना निर्वाचनबाट चयन भएका छन् । दुवै जना कांग्रेसकै निर्वाचित भएका छन् । 

यसरी शिवनाथ गाउँपालिकामा १४ जनाको कार्यपालिकामा गाउँपालिका अध्यक्ष सहित नेपाली कांग्रेसका १० जना अटाएका छन् भने उपाध्यक्ष सहित २ जना एमालेका अटाएका छन् । यस्तै कार्यपालिकामा नेकपा माओवादी केन्द्रबाट एकजना मात्रै अटाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update