Sagun Khabar
पाटन–६ मा बर्षमा तीन पटक घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नं ६ ले वडाभरी बर्षमा तीन पटक बृहत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले मंगलबार पदभार ग्रहण गर्दै सो निर्णय गरेका हुन् । 

वडाबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर शिविर सञ्चालन गर्ने निर्णय भएको पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । उनले भने ‘हामीले पदभार ग्रहण गरे लगत्तै वडाबासीको स्वास्थ्य सेवामा पहुँच पुर्याउन यो निर्णय गरेका हौं ।’

यस्तै पाटन नगरपालिका वडा नं ६ भित्रका अति विपन्न र टुहुरा बालबालिकाहरुका लागि शैक्षिक सामग्री खरीदमा अनुदान दिने निर्णय पनि भएको छ । यस्ता बालबालिकाहरुको पहिचान गरेर वडाबाट शैक्षिक सामग्रीका लागि अनुदान दिने वडा अध्यक्ष बिष्टले बताए । 

यस्तै वडा क्षेत्रभित्र गुणस्तरहीन मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय पनि भएको छ । यसका लागि सम्बन्धित निकायहरुसंग छलफल गरेर ठोस कदम चाल्ने वडा अध्यक्ष बिष्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update