पेट्रोलियम पर्दार्थको मूल्य वृद्धिको विरोधमा पाटनमा प्रदर्शन

बैतडी –पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बैतडीको पाटनमा प्रदर्शन गरिएको छ । एमालेको भातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
मूल्य वृद्धिले गरिब नागरिकलाई समस्या परेकाले आफूहरुले मूल्य वृद्धि फिर्ता गर्न माग गरेको अनेरास्वयिुका जिल्ला कमिटि सचिवालय सदस्य सञ्जु भण्डारीले बताए । सरकारले मूल्य वृद्धि फिर्ता नगर्दा सम्म संघर्षका कार्यक्रम जारी रहने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ २०:०६
प्रतिक्रिया दिनुहोस्