
बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाका मेयर र उपमेयरले पदभार ग्रहण गरेका छन् । नव निर्वाचित मेयर दीपक बहादुर बम र उपमेयर मिना धानुकले पदभार ग्रहण गरेका हुन् ।
बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा नव निर्वाचित प्रमुख र उपप्रमुख दुवै जनाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै नव निर्वाचित जनप्रतिनिधिरुले महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् । पदभार ग्रहण गर्दै उनीहरुले पुर्चौडी नगरपालिकाका सबैवडामा विद्युत बिस्तार कार्य प्रारम्भ गरी दुई वर्ष भित्रमा उज्यालो पुर्चौडी घोषणा गर्ने बताएका छन् ।
यस्तै नगरपालिकाले प्रमाणिकरण सूचिमा रहेका सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रति परिवार वार्षिक एकमुस्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाईतेहरुका लागि निशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चौडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९÷८० को महिलो महिना श्रावण १ गते देखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने, ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने,नगरपालिका भित्र सञ्चालीत विद्यालयहरुमा कक्षा ११ र १२ मा अधयानरत विद्यार्थीहरुलाई अध्यान अध्यापन निशुल्क गर्न बिद्यार्थीहरुको भर्ना तथा पठनपाठन शुल्क बाफतको रकम सोतभर्ना गर्ने निर्णय पनि भएको छ ।
अहिले पुर्चौडी नगरपालिकामा नेपाली काँग्रेसले जितेको छ । यसअघी यो पालिकामा नेकपा माओवादीको सरकार थियो ।