Sagun Khabar
स्वास्थ्य कार्यालय बैतडीद्वारा  ट्राफिक पोष्टहरुलाइ ‘ब्रेथलाइजर’ मेसिन वितरण
breth.jpg

बैतडी-स्वास्थ्य कार्यालय बैतडीले ब्रेथलाइजर मेसिन वितरण गरेको छ । स्वास्थ्य कार्यालय बैतडीले आज जिल्ला अस्पताल बैतडी र जिल्ला भित्रका ट्राफिक पोष्टहरुलाइ मदिरा सेवन गरे नगरेको पत्ता लगाउने  ब्रेथलाइजर मेसिन वितरण गरेको हो । 

जिल्ला अस्पपताललाइ  एक थान, ट्राफिक प्रहरी पोष्ट साहिलेक, थालिगडा, सतबाँझ, पाटन ,मेलौली, खा्ेड्पे,ढोल्यामोड,  खोचलेक र गोकुलेश्व ट्राफिक पोष्टलाइ एक÷एक ब्रेथलाइजर  मेसिन  वितरण  गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।

वितरण गरिएका मेसिनले ट्राफिक  प्रहरीलाइ मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्न सजिलो हुनुका साथै यसबाट सवारी दुर्घटनामा समेत कमि आउने अपेक्षा गरिएको  छ । यस्तै सडक दुर्घटना न्यूनिकरण सम्बन्धी सरोकारवालाहरु संग  अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा बढ्दो  सडक दुर्घटना कम गर्न सरोकारवालाहरु संग अभिमुखिकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी  राजेन्द्रदेव पाण्डे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको  स्वास्थ्य  प्रमुख भट्टले बताए । बढ्दो  सडक दुर्घटना न्यूनिकरणमा सहयोग मिलोस भनेर कार्यक्रम गरिएको  बताइएको  छ ।  

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update