Sagun Khabar
बैतडीमा  ई –पासपोर्ट  सेवा सुरु  
e passport.jpg

बैतडी- बैतडीमा विद्युतीय राहदानी ई –पासपोर्ट  सेवा सुरु  भएको  छ । जिल्ला प्रशासन कार्यालय बैतडीले बुधबारबाट ई –पासपोर्ट  सेवा सुरु गरेको हो । बैतडीमा बुधबारबाट विद्युतीय राहदानी ई –पासपोर्ट  सेवा सुरु गरिएको  जिल्ला प्रशासन कार्यालय  बैतडीका सूचना अधिकारी खगेन्द्र  भारतीले  जानकारी दिए ।

अब वैदेशिक रोजगारिमा जानेहरुले जिल्ला  प्रशासन कार्यालय बैतडीमा १५ दिन भित्र  राहदानी  पाउने उनले बताए । दैनिक १० देखि १५ जनाले ई –पासपोर्ट सेवा  पाउने  उनको  भनाइ  छ । उनले भने ‘हामिले ई –पासपोर्ट सेवा सुरु गरिसकेका छौँ , अव वैदेशिक रोजगारिमा जानेहरुले १५ ÷२० दिन भित्रै जिल्लामै विद्युतीय राहदानी पाउँछन् ।’ विद्युतीय राहदानी ई –पासपोर्ट बनाउनेले १० हजार शुल्क तिर्नुे पर्ने  बताइएको  छ ।

ई –पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै  समय पर्खिनु पर्ने र राहदानी बनाउन काठमाण्डौँ जानु पर्ने यहाँका नागरिहरुको बाध्यता हटेको छ । यहाँबाट काठमाण्डौँ गएर राहदानी  बनाउनु पर्दा बैतडी बासीहरुलाइ निकै अप्ठारो र सारै खर्चिलो हुने गरेकोमा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भारतीले बताए ।

यस्तै विद्युतीय राहदानी ई –पासपोर्टका लागि घरबाटै पनि फर्म  भर्न  सकिने उनले  बताए । उनले भने  ‘एउटा लिंक हुन्छ  हामि वयबसाइटमा पनि राख्दै छौँ, घरबाटै पनि भर्न  सकिन्छ ।’ राहदानी बनाउन तीन महिना लाग्ने गरेकोमा  अब भने १५ दिनमै जिल्लामा राहदानी  आइपुग्ने  भएको  हो । 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update