Sagun Khabar
बैतडीको पुर्चौडी  ७ ले विदुर पुरुषलाइ मासिक १ हजार भत्ता दिने 
punapa 7.jpg

बैतडी- बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ७ का जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । जनहितका लागि महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै उनिहरुले आज पदभार ग्रहण गरेका हुन् ।

नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष धिरेन्द्र बहादुर बमले पदभार ग्रहण गर्दै   कोटिलामा विदुर पुरुषहरुलाई भत्ता दिने बताएका छन् । मासिक  एक हजारका दरले भत्ता उपलब्ध गराईने उनको    भनाइ  छ ।

श्रीमती गुमाएका विदुर  पुरुषहरुलाई मासिक १ हजारका दरले भत्ता दिने वडाका जनप्रतिननिधहरुले  निर्णय गरेका हुन् ।

यस्तै कमजोर  आयस्तर भएका १५ जना  विद्यार्थीहरुलाइ वडा अध्यक्षले पाउने  तलब भत्ताबाट    पोसाकको  व्यवस्था समेत गरिने  बताइएको  छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update