Sagun Khabar
बैतडीको दनपामा नगर बस सञ्चालनको माग गर्दै नगरप्रमुखलाइ ज्ञापन पत्र 
gyapan patra.jpg

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकालाइ नगर बस सञ्चालन गर्न माग गरिएको  छ । नेपाल विद्यार्थी संघ दनपा  समुन्वय समितिले   नगर भित्र  नगरबस  सञ्चालन गर्न माग गरेको  हो ।

यातायात व्यवसायीहरुले चर्काे भाडालिएर नागरिकहरु परिसान भइसकेको उल्लेख गर्दै सो समितिले पहिलो बजेटबाटै नगरबस सञ्चालन गर्न माग गर्दै बिहीबार नगरप्रमुख पुष्कर जोशी लख्खाभाइलाइ  ज्ञापन पत्र बुझाएको  छ ।  यातायत व्यवसायीहरुले  मनपरि  भाडा असुल्दा गरिब विपन्न नागरिकहरु बढी  समस्या भोगिरहेकाले नगरबस सञ्चलानको अवधारणा यथासिग्र अघि सार्न  माग गरिएको छ ।

यस्तै पेट्रोल पम्प सञ्चालन र अटोरिक्सा सञ्चालनको माग समेत नगरपालिकालाइ गरिएको छ । आफुहरु यी  मागहरु  सम्बोधन नहुँदा सम्म सघर्ष जारी राख्ने नेपाल विद्यार्थी संघ दनपा समुन्वय समिति संयोजक अमर  टेरले बताए ।

यस अघि पनि पटकपटक माग गरेका भएपनि माग सम्बोधन नभएका र  अहिलेका नयाँ जनप्रतिनिधिहरुलाइ पनि यो समस्या दर्शाएका उनको भनाइ छ ।

नगरप्रमुख लख्खा भाइले  जायज माग भएको  जनाउदै  बस सञ्चालनको  प्रक्रिया अगाडि बढाइने बताएको  छ । ज्ञापन पत्र बुझदै  उनले नगर बस सञ्चालनका लागि पहल गर्ने  आश्वासन दिएको  संयोजक   टेरले  बताए ।

बैतडीका निजी सवारीसाधानहरुले  चर्काे भाडा  लिने गरेकाले  सर्बसाधारण नागरिहरु समस्या परेका छन् ।

No photo description available.

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update