Sagun Khabar
बैतडीको दनपा २ मा गरिबको घरमा निशुल्क विद्युतीय मिटर, सुत्केरीलाइ एम्बुलेन्स सेवा 
surya bohara.jpg

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ मा सुत्केरी महिलाले निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष सुर्य बहादुर  बोहराले  पदभार  ग्रहण गर्दै वडा भित्र सुत्केरीलाइ निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताएका हुन् ।

यस्तै गरिब परिवार पहिचान गरि विद्युतीय  मिटर जडान निशुल्क गर्ने, विपन्न विद्यार्थीहरुलाइ  कक्षा १० सम्म निशुल्क पढाउने समेत वडा अध्यक्षले बताएका छन् ।

बिहीबार पदभार ग्रहण गरेका नवनिर्वाचित वडा अध्यक्ष बोहराले इमान्दारीता पूर्वक जनताको सेवा गरि  वडा भित्रका हरेक समस्या हल गर्नतिर आफनो ध्यान केन्द्रीत हुने बताए ।

यस अघि वडा नं २मा काँग्रेसको सरकार थियो ।  अहिले  भने  एमालले  जितेको  छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update