बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वड नं १ गुरुखोला कलौन स्थित जगदम्बा आधारभूत विद्यालयमा कक्षा ६को पठनपाठन सञ्चालनका लागि उद्घाटन गरिएको छ । वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले यसै शैक्षीक सत्र २०७९ देखि कक्षा ६ को पठनपाठन सञ्चानका लागि बिहीबार औपचारीक रुपमा उद्घाटन गरेका शिक्षक अम्बादत्त बडुले जानकारी दिए ।
यस्तै वडा अध्यक्ष भट्टलाइ विद्यालय परिवारले स्वागत समेत गरेको छ । नवनिर्वाचित अध्यक्ष भट्टलाइ विद्यालय परिवारले अबिर सहित फूलमाला लगाएर भव्य स्वागत गरेको शिक्षक बडुले बताए । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले शिक्षा क्षेत्रको विकासका लागि आफु लागि पर्ने बताएका छन् । वडा भित्रका सबै विद्यालयहरुलाइ समान दृष्टिकोणले हेर्ने भन्दै उनले शिक्षक दरबन्दीको अभाव परिपुर्ती समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।
कक्षा ६ सम्म पढाइ सञ्चानल हुन गइरहेको जगदम्बा आधारभूत विद्यालयमा १ सय २० जना विद्यार्थी रहेका बताइएको छ ।यसअघि कक्षा ५ सम्मको मात्रै पठनपाठन हुने यो व्दिालयका विद्यार्थीहरुले पाँच कक्षा उर्तिण गरेपछि सोलामावि कलौन देउमडा र मणिलेक मावि गुरुखोला जानु पर्ने बाध्यता थियो ।
घर पाइककै विद्यालयमा कक्षा ६ सम्म पढ्न पाउँदा त्यहाँका विद्यार्थीहरु पनि खुसिभएका भएका बताइएको छ ।




