Sagun Khabar
बैतडीको पाटन ३ मा कार्यालयका सेवा घुम्ति शिविरबाट, विद्यालयमा अक्षयकोष  
patan 3.jpg

 बैतडी- बैतडीको पाटन नगरपालिका ३ ले घुम्तिशिविरबाट  सेवा  प्रदान गर्ने जनाएको छ । बिहीबार पदभार ग्रहण गर्दै जनप्रतिनिधिहरुले वडा कार्यालयबाट प्रवाह हुने सेवा घुम्ति शिविरबाट  प्रदान गर्ने जनाएको हो ।

यस्तै जनप्रतिनिधिहरुले वडा भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अक्षय कोष स्थापन गर्ने पनि बताएका छन् । नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित वडा अध्यक्ष   करुणाकर भट्टसहित वडा सदस्यहरुले वडा भित्रका ७ ओटै  विद्यालयमा आफ्नो तलब भत्ताबाट ५० हजार बराबरको अक्षयकोष स्थापना गर्ने बताएका हुन् ।

पाँच वर्षे कार्यकाल भित्र सो विद्यालयमा ५० हजारका दरले अक्षयकोष स्थापना गर्ने निर्णय जनप्रतिनिधिहरुले गरेका हुन् । विद्यालयले स्थापना गरिएको अक्षय कोषको रकमबाट गरिब, जेहेन्दार तथा उत्कृष्ठ विद्यार्थीहरुलाई छात्रवृत्ती  तथा पुरस्कार वितरण गर्ने  भएकाले यसले विद्यार्थीहरुको पढाइमा सुधार आउने  जनप्रतिनिधिहरुले  विश्वास  गरेका छन् । सो अक्षय कोषले  शैक्षीक गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।  


 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update