Sagun Khabar
बैतडीको पाटनमा ६० जनालाइ सिप विकास सम्बन्धी छोटो अवधीको तालिम 
talim.jpg

बैतडी- बैतडीको पाटनमा ६० जनालाइ सिप विकास तालिम दिइएको छ । नेपाल सरकाकरको  सहयोगमा सिटिइभिटीको नियमित कार्यक्रम अन्तरगत ६०जनालाइ बेमौसमि तरकारी, च्याउखेती र हाउस वयायरिङ सम्बन्धी तालिम दिइएको हो ।

पाटनमा रहेको सिटिइभिटीबाट मान्यताप्राप्त भिमदत्त पोलिटेक्नीक इन्ष्टिच्यूटको आयोजनामा ६० जनालाइ सिपविकास सम्बन्धी छोटो अवधीको तालिम दिइएको  भिमदत्त पोलिटेक्नीक इन्ष्टिच्यूटका प्रमुख तिर्थ प्रशाद अर्चायले जानकारी  दिए ।

४४ जना महिला र १६ पुरुषले सिप विकास तालिम लिएका बताइएको छ । १६ जना  पुरुष र ४ महिलालइ हाउस वाइरिङ सम्बन्धी तालिम र ४० जना महिलालाइ  बेमौसमि तरकारी र च्याउखेती सम्बन्धी तालिम दिइएको प्रशिक्षक तेज राज भट्टले बताए ।

तालिम लिएकाहरुको अब स्कील टेस्ट पनि गरिने बताइको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सुदूरपशिचम प्रदेश कार्यालयको टोलिले स्कील टेस्ट गरेपछि उनीहरुलाइ तह एकको प्रमाणपत्र प्रदान गरिने  शिक्षालय प्रमुख अर्चायले बताए ।

सिप सिकेर स्वरोजगार बनौन भन्ने धेयले यो छोटो अवधीको तालिम दिइएको भन्दै उनले यसबाट तालिम लिएकाहरुलाइ आत्मनिर्भर बन्न सहयोग मिल्ने  अपेक्षा गरेको बताए । बैतडीमा वर्षेनि तालिम दिइने  गरिए पनि सिप सिकेर आत्मनिर्भ बनेका गतिला उदाहरण कमै भेटिन्छन ।

जिल्लामा लाखौँ रुपयाँ सिपविकास तालिममा खर्च गरिएपनि  सोचे जस्तो नतिजा नआएका कतिपयको   भनाई छ । तालिमहरु  भत्ता  र खाजामा मात्रै  सिमिति हुने गरेका  नागरिकहरुको  गुनासो  छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update