
बैतडी- बैतडीको मेलौली नगरपालिका वडा नं ८ का स्थानीयहरुले कर बुझाउने समस्या सामाधान गर्न पहल थालिएको छ । भोगचलन गर्दै आएको जमिनको कर डडेल्धुरामा बुझाउदै आएका मेलौली ८ स्थानीयहरुको समस्या समाधान गर्न नवनिर्वाचित वडा अध्यक्षले पहल थालेका हुन् ।
यो समसया सामाधानका लागि नवनिर्वचित वडा अध्यक्ष तपेन्द्र बिष्टले शुक्रबार मालपोत कार्यालय बैतडीका प्रमुख दिलाराम भट्टसँग छलफल गरेको बताए । छलफलका क्रममा कार्यालय प्रमुख भट्टले जिल्ला मालपोत कार्यालय डडेल्धुरासँग समुन्वय गरेर अघि बढ्ने बताएको अध्यक्ष बिष्टको भनाइ छ ।
मेलौली ८ का करिब ४ सय भन्दा बढी परिवारले डडेल्धुरामा कर बुझाउदै आएका वडा अध्यक्ष विष्टले बताए । विसं २०३२ भन्दा अगाडि त्यो क्षेत्र डडेल्धुरा जिल्लामा राखिएको बताइन्छ । पछि सीमांकन गर्दा सुर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमागाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा गएर तिर्न पर्ने त्यहाँका नागरिकहरुको बाध्यता छ ।