
बैतडी-बैतडीको पाटन नगरपालिकाले कोदाको बिउ वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले कोदाको बिउ वितरण गरेको हो । आज वडा नं ८ , ९ र १० बिउ वितरण गरिएको वडा न. ८ का वडा अध्यक्ष हरिश विष्टले जानकारी दिए ।
उनका अनुसार र तीन वटै वडाका १८ जना किसानहरुलाइ कोदाको बिउ वितरण गरिएको छ । कोदो खेति विस्तार गर्ने उदेश्यले बिउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रुपमा लिइन्छ । यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा गर्न सकिने कृषि प्राविधिकहरुको भनाइ छ ।
पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको अवस्थामा नगरपालिकाले बिउ नै वितरण गरेर किसानहरुलाइ वितरण गर्दा रैथाने बाली प्रति किसानहरुको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।