बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ पालडीमा जिप दुर्घटना भएको छ । पञ्चेश्वरको धर्मघाट जाँदै गरेको म १ ज ३१७ नम्बरको जिप अनियन्त्रित भएर आज दिउँसो सवा चार बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले बताए ।
जिपमा चालक सहित चार जना सवार रहेका र सबै सकुशल रहेका उनले बताए । जिप चालक शिवनाथ गाउँपालिका वडा नं २ का मोहनराम सार्की भने फरार रहेका बताइएको छ । जिप सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । फरार चालक सार्कीको खोजी कार्य भईरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ २०:१७
प्रतिक्रिया दिनुहोस्