गणतन्त्र दिवस : बैतडी कारागारबाट एकजनाको कैद मिनाहा

बैतडी –गणतन्त्र दिवसको अवसरमा बैतडी कारागारका एकजना कैदी बन्दीको बाँकी कैद मिनाहा भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ का गोपालसिंह कार्कीको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताइन् ।
जिल्ला अदालत बैतडीको फैसला अनुसार २०७८ मंसिर २९ गते कार्कीलाई ३ बर्ष कैद र ३० हजार जरीवाना तोकिएको थियो । ५१ प्रतिशत कैद भुक्तान गरिसकेको र ३० हजार जरीवाना समेत तिरिसकेकाले गणतन्त्र दिवसको अवसरमा कार्कीको बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।
गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीहरुको बाँकी कैद मिनाहा गर्ने गरिएको छ । गणतन्त्र दिवसको अवसरमा देशभर ८ सय ३४ जना कैदीबन्दीको बाँकी कैद मिनाहा भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ ०८:४५
प्रतिक्रिया दिनुहोस्