बैतडीका चार सहित सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गरिने

बैतडी –बैतडीका चार सहित सहित सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त योजना परेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन् । बैतडीका डिलासैनी, निङलासैनी, मेलौली र त्रिपुरासुन्दरी भगवती मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने बताइएको छ । यस्तै शैलेश्वरी, उग्रतारा, बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने अर्थमन्त्री शर्माले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:०३
प्रतिक्रिया दिनुहोस्