Sagun Khabar
कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने 

बैतडी –सेती र महाकाली अस्पतालको सहकार्यमा कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने बताएका हुन् । 

यस्तै उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री शर्माले जनाए । गेटा मेडिकल कलेजमा पूर्वाधार विकासको काम ९० प्रतिशत सकिएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update