Sagun Khabar
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाइने  

बैतडी–लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाउने सरकारले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि नेपालका तर्फबाट गर्नुपर्ने कामलाई अघि बढाउने बताए । 

यो आयोजना भारत र नेपालको साझेदारीमा सम्पन्न गर्ने भनिएपनि अहिले सम्म खासै काम हुन सकेको छैन् । ३१५ मिटरको बाँध बाँधेमा यो आयोजनाबाट ६ हजार ४८० मेगवाट विद्युत उत्पादन हुने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update