पश्चिम सेती परियोजनाको निर्माण कार्य अगाडि बढाइने

बैतडी –सरकारले बहुचर्चित ७५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने जनाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमार्फत उक्त योजनाको प्राविधिक तयारी गरि निमार्ण कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले बताए ।
साथै उनले ३०९ सेती–६ को समेत प्राविधिक तयारी गरि निर्माण कार्य अगाडि बढाइने बताएका छन् । अर्थमन्त्री शर्माले चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १८:०४
प्रतिक्रिया दिनुहोस्