कैलालीमा निर्माणाधीन रानीजमरा सिंचाइ आयोजनाका लागि २ अर्ब ९० करोड विनियोजन

बैतडी –कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।
त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १८:१५
प्रतिक्रिया दिनुहोस्