Sagun Khabar
दार्चुलाका एक व्यक्ति चरेस सहित कैलालीमा पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – दार्चुलाका एक व्यक्ति कैलालीमा लागुऔषध चरेससहित पक्राउ परेका छन् । दार्चुलाको अपीहिमाल गाउँपालिका–३ घर भई गोदावरी नगरपालिका–५ गेटामा डेरा गरी बस्दै आएका ३६ वर्षीय डम्बर कार्की आइतबार पक्राउ परेका प्रहरीले जनाएको छ । 

कार्की बस्ने कोठामा  खानतलासी गर्दा ६५० ग्राम ३०० मिलिग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त चरेस बरामद गरी कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update