Sagun Khabar
कक्षा १२ को परीक्षा आजदेखि, बैतडीमा ३ हजार ९०६ परीक्षार्थी 

बैतडी –कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । आज बिहान ८ बजेदेखि कक्षा १२ को परीक्षा शुरु हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । जिल्लामा ३ हजार ९०६ परीक्षार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । 

बैतडीमा १७ ओटा केन्द्र मार्फत परीक्षा सञ्चालन हुने अवस्थीले बताए । सबै केन्द्रहरुमा इमेल मार्फत पेपर आउने उनले बताए । बैतडीमा कक्षा १२ सम्म पढाई हुने ६२ ओटा माध्यमिक विद्यालयहरु रहेका छन् ।देशभर  परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षालाई मार्यादित बनाउन अनुमगमनको समेत व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update